४. समितिकोे काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) बूढानीलकण्ठ क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गराउने ।
(ख) बूढानीलकण्ठ क्षेत्रभित्रको सामाजिक, आर्थिक, धार्मिक तथा साँस्कृतिक विकासको निमित्त त्यस क्षेत्रभित्रका प्राचीन, धार्मिक, साँस्कृतिक, मठ मन्दिर, धर्मशाला, विहार, सरोवर वा यस्तै प्रकारका ऐतिहासिक महत्वका वस्तुहरूको विकास,
अन्वेषण अनुसन्धान गर्ने र त्यसको अभिलेख राख्ने तर यस्तो कार्य गर्दा स्वीकृति लिनु पर्ने निकायको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(ग) बूढानीलकण्ठ क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार, विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ संस्था वा व्यक्तिसंग सम्पर्क र समन्वय गर्ने ।
(घ) बूढानीलकण्ठ क्षेत्रभित्र पर्ने पर्यटकीय क्षेत्रको विकास गर्ने
(ङ) बूढानीलकण्ठ क्षेत्रभित्र कुनै स्थान विशेषको महत्व, गरिमा, मान्यता र सम्बेदनशीलतालाई ध्यानमा राखी उक्त स्थानमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने, गराउने ।
(च) बूढानीलकण्ठ क्षेत्रभित्रको प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने ।
(छ) बूढानीलकण्ठ क्षेत्रको सुव्यवस्था र विकासको लागि आवश्यक मापदण्ड तयार गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि लागू गर्ने ।
(ज) बूढानीलकण्ठ क्षेत्रभित्र पर्ने बाटोघाटो, पिउने पानी, शैक्षिक विकास, जनश्वास्थ्य, पुस्तकालय तथा अन्य आवश्यक कुराहरूको व्यवस्था र विकास गर्ने ।
(झ) बूढानीलकण्ठ क्षेत्रभित्र मनाइने विभिन्न चाडपर्व, मेला आदिको आवश्यक सुव्यवस्था गर्ने, गराउने ।
(ञ) बूढानीलकण्ठ क्षेत्रभित्रका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण कार्यहरू सञ्चालन गर्ने नियकाहरू बीच समन्वय कायम गर्ने ।
(ट) बूढानीलकण्ठ क्षेत्रको विकासका लागि आवश्यक गुरु योजना तयार गरी कार्यान्वयन गर्ने ।
(ठ) बूढानीलकण्ठ क्षेत्रको महत्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनीको आयोजना गर्ने ।
(ड) समितिले आवश्यकता अनुसार नियमहरू बनाई स्वीकृतिको लागि नेपाल सरकारमा पेश गर्ने ।
(ढ) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्ति गर्नको लागि गर्नु पर्ने अन्य आवश्यक कार्यहरू गर्ने, गराउने ।